Monday, September 30, 2013

Wednesday, June 5, 2013

"जर्मनी गएर क्रुज चढेँ "

परिक्षा आउने समयमा सबै कोर्षको वुक पढ्न तल्लिन छन् तर म भने "समर लभ" पढ्दै छु.....
मलाई निक्कैनै रमाइलो लाग्यो यो कथा.....  कहिले वानेश्वर कहिले कृर्तिपुर कहिले पोखरा कहिले चितवन जता ततै... गएँ । कथाको पात्र र लेखकसंगै ..... जर्मनि गएँ क्रुज चढे.... म यति डुवे कथामा हरेक कुराहरु कहिँ कतै मेरो आफ्नो लभलाइफसंग ठोक्किएको पाउँथे..... कथाका मेन पात्र अतित रुँदा कयौँ पटक रोएँ म पनि ....

मेरो आफ्नै अतितका यादहरु झलझली मेरो मस्तिष्कमा छाइरह्यो.... पढेर सके..... के होला के होला लागि रह्यो कथाका लेखकले सायालाई भेट्नको लागि चालेको पहल पनि .. मलाई एकदमै मन पर्यो... कतै क्रमश भैदेनी हुने भन्ने सोचेको थिएँ... साया त काठमाण्डौ आइकि रहिछे... पछि अर्को भाग आउला अनि सायाले सवैकुरा लेखकवाट थाहा पाउली अनि पछुताउली त्यती माया गर्ने मान्छेलाई वुझ्न नसकेको मा ..... दिमागमा यस्तै कुरा खेल्दै थिए....

अचानक अन्तिममा २ वटा पेज थियो आभार का लागी त्यो पनि पढे...
पछि त झसंग .....
जव थाहा पाएँ यो कथा मात्र कथा थियो रियल कथा थिएन भन्ने....
कसैले भनेर होइन आभार पढेर...... जसमा लेखिएको थियो.....

"प्रिय भित्र सरोज उपाधयाय  र अन्जना मुलेपतिलाई हृदयदेखिनै धन्यवाद । भिसा र टिकटविना नै उनिहरुको सहयोगमा घरै वसिवसि धेरै देश चहारे......."

एकछिन् त झनननन रिस पो उठ्यो..... वेक्काममा त्यो अतितेले पाको दुख्ख देखेर रोएँ.... के के सोचे विर्सिसकेका दिनहरु सम्झायो भन्दै लेखकलाई गाली गरे...... सरापेँ पनि .....

तर फेरी सोचेँ ओहो लेखकलाई त मान्नै पर्ने रहेछ उस्को कल्पना पनि मेरो लाईफसंग कस्तो मिल्न गएको .... न कहिले भेटेको छु न कहिले देखेको छु तर पनि ......

सायद यसैलेनै होला लेखक भनिएको ..... अरुको मनलाई छुन सक्ने खाल्को लेखहरु लेख्ने भएर...
नत्र त म पनि त लेखक हुन्थे होलानी... हेहेहेहेह 

Friday, March 1, 2013

आदित्य कलिंग सुस्मिता


मनमा सुस्मिताको दिउँसोको त्यो कुराले उकुस मुकुस भएको छ, न त निदाउन सकेकी छु
नत उठेर वस्न नै, उठुँ लाइन छैन, मैन वत्ति पनि सक्कीराको अवस्था छ , ओ हो कस्तो छटपटी यो, नचाहेर पनि दिमागमा गहिरो छाप छोड्यो उसको कुराले
कति सजिलै रमितले फसाएको उसलाई, साँच्चै वदला यसरी पनि लिन्छन है कोही ? दंग परे म, छक्क पनि परे म ओहो कस्तो ......
.......................................................................................................................

आइतवारको दिन थियो, लुगासुगा धुनेकाम समयमै सकेर म फुर्सदमा वसेकी थिएँ, मोवाइलको घन्टि वज्यो, अचम्म परे धेरै समय पछी स्कुल पढ्दाकी साथी सुस्मिताको थियो । फोन उठाँए ,
नरम स्वरमा वोल्दै थिइ,
सुस् : क्रान्ति कहाँ छस ?
म : म काठमाण्डौमा अनि कहाँ वाट आज सम्झिस् त ? तलाई सन्चो छैन हो ?
सुस्: सन्चै छु , अनि मलाई थाहा पनि छ त यही छस् भनेर तर काठमाण्डौमा कहाँ ?
म : अरे त पनि काठमाण्डुमै छस् यसको मतलव, अनि किन फोन गरेनस् त....
सुस्: (रुन्चे स्वरमा) क्रान्ति म तँलाई भेट्न चाहान्छु प्लीज आज १ वजे म तँलाई भेट्छुनी,
म : अरे तँलाई के भयो हँ ? किन रोइस ? आइज न त मेरो रुममा म दिनभरी घरमै हुन्छु आज अफिस अफ छ

त्यति भनेपछी उसले फोन राखी मलाई मनमनै डर लाग्यो, ला के भयो किन ऊ रोइ ? मनमा अनेक कुरा आइरहे, कतै उसको वुवाले जवरजस्ती विहे गर्दीन लाग्नु भयो कि ? कतै उस्को प्रेमीले उस्लाई छोड्दीयो की ? कतै जागिर वाटैपो .....
यस्तै सोच्दा सोच्दै वाह्र वजेर ३० मिनेट पनि गयो तर पनि कतिखेर १ वज्ला जस्तो लागि रह्यो,

ठ्क्याक्कै त्यहिवेला नै मेरो ढोकामा ढकढक गरेको आवाज आयो, खोलेर हेरे सुस्मिता थिइ.
उसका आँखा राता राता अनि सुनिएका जस्ता थिए,

मैले त पहिला औपचारिकता निभाएँ सोधे ,के खान्छेस् ?’
तर उ मौन थिइ फेरी सोधे टाउको हल्लाइ मैले वुझे उस्ले केही नखाने भन्दैछे,

मन द्धविधामै थियो उसलाई के भाको सोधु कि नसोधुँ ? नसोधुँ त आफैलाई टेन्सन भैसक्यो सोधुँ के भनेर सोध्ने ? म त के गरुँ गरुँ भो अनि हत्तपत्त मैले दराज खोलेर पुराना फोटाहरु भएको एल्वम निकालेर देखाउन थाले, वल्ल उसले लगाएको कालो चम्मा खोली अनि पुर्पुरोमा हात राखेर फोटो हेरी, अनि मैले भने ‘त फोटो हेर्दै गर म कालो चिया वनाउँछु ।’

हस् भनी फोटो हेरी कुनै फोटो हेर्दाहेर्दै टोलाउँथी अनि यस्सो मेरो आवज सुनेपछी झसंग हुँदै पान्ना पाल्टाउँथी, म उसको क्रियाकलाप हेरिरहेकी थिएँ, चिया वन्यो अनि वोलाएँ टेवल भएतिर, आइ, मैले चिया दिए उसले थपक्क टेवलमाथी चिया राखी अनि मेरो कुममा अढेस लाउँदै भनि......

 ‘क्रान्ति तलाई थाहा छ आज ९ दिन भयो राम्रोसंग खाना नखाएको, म एकदमै डिप्रेशनमा छु, न कसैलाई भन्न सक्छु घरमा न साथीलाई विस्वस गर्न सक्छु, न मर्न सक्छु न खुलेर वाँच्न सक्छु म त अव पागल नै पो हुन्छु की ’.....

उसले यति भने पछी मलाई कुरा खोतल्ने मौका मिलिहाल्यो, अनि भने ‘हेर दुःख वाड्यो भने घट्छ भन्छन् मलाई विस्वास गर्छस् भने भन तेरो मन हल्का हुन्छ । तर चाहन्नस् भने म फोर्स गर्दिन । ’
उसले भन्छु भनि तर सर्त राखी,

‘यो कुरा कसैलाई नभन्, फेरी तँ त मिडियामा काम गर्ने मान्छे रिपोर्ट सिपोर्ट वनाइस् भने ? यो कुरा ल्याइस भने म मर्नु वाहेक विकल्प रहन्न यार, म मेरो परिवारमा मुख देखाउने समेत लायक रहन्न ।’
उसलाई मैले विस्वास दिलाएँ , अनि भन्न थाली

“२ वर्ष अघि म फेसवुक निक्कै चलाउँथे फेसवुक मेरो लागि अभिन्न अंग जस्तै भएको थियो, कहिले साइवर जान्थे कहिले मोवाइलमा जहिले च्याट गर्यो वस्यो, दिनमा २४ घण्टा हुन्छ तर म १५ घण्टा त नेटमै झुन्डेको हुन्थे,
 च्याट गर्ने साथीहरु टन्न हुन्थे, कोही अश्लिल कुरा गर्न मन पराउँथे कोही राम्रै कुरा गर्थे, तर म भने च्याटको एडिक्ट नै भै सकेको थिएँ । त्यसमा पनि रमित मेरो खास साथी वनेको थियो म ऊ संग मेरो हरेक सुख्ख दुख्ख वाड्थेँ, मैले उसलाई मेरो घर परिवारको विषयमा पनि सवै भनेकी थिएँ,

 मेरो आन्टिकी छोरी सृजनाको वारेमा पनि ....... ।  उ पनि कहिले काहिँ फोन गरेर वहिनी सृजनासंग कुरा गथ्र्यो, मैले उसलाई नभेटे पनि ऊ मेरो एकदमै नजीकको साथी वनिसकेको थियो  भर्चुअल दुनियाको .....

दिनहरु एकदमै रमाइलो संग वित्दै थियो ।
विहानको गुडमर्निग एसएमएस देखी लिएर खाना टाइममा खाउ पानी पिउ भन्ने देखिको कियरिङ्ग वाला एसएमएसले म निक्कै खुसी थिएँ, मेरो वुवा नभएको कारण मैले वुवाको माया रमितवाट पाएको हो कि लाग्थ्यो ।
उसले यस्तै माया मेरो वहिनीलाई पनि गथ्र्यौ । कहिले सालीभनेर जिस्काउँथ्यो फोनमै । नभेटे पनि म उसको यस्तो माया गर्ने व्यवहारले निक्कैनै हर्सित थिएँ ।
दिन यसरी नै वित्दै थियो ।
रमाइलो भै रहेको थियो म कल्पनामा रमाउँदै थिएँ ,

तर

मेरो कल्पना सपना सवै छताछुल्ल भए १ मिनेटमै ।
एकदिन म वैनी सृजनासंग पढी रहेकी थिएँ । वहिनी ट्वाइलेट गएको वेला रमितको फोन आयो मैले सोचेँ सायद मेरो मोवाइलमा फोन लागेन त्यसैले,
अनि फोन उठाइ दिएँ,

उसले एकै पटक लव यु भन्दै किस् ग¥यो, म त कसरी थाहा पायो यो वहिनीको फोन मैले उठाएँ भनेर दंग परे, अनि मि टु भने मैले ।
अनि उसले भन्यो त्यो वादर्नी सुस्मिता कता छे नी ? तिम्रो दुश्मन भन्यो अनि म त छाँगावाट खसे जस्तै भएँ, आँखावाट आँसु त्यसै तप्किदै गयो हिक्का पनि आयो हत्त पत्त मोवाइल छोपे उस्ले मेरो आवज नसुनोस् भनेर, अनि सुने उस्को कुरा ऊ भन्दै थियो,

‘डियर, तिमीसंग कुरा नगरि म ५ मिनेट पनि वस्न सक्दिन, हेर न १५ मिनेट अघि तिमीसित कुरा गरेको अहिले नै वोल्न मन लागि हाल्यो अनि फोन गरेको, अरे किन नवोलेको तिमी केही त वोलन प्लीज, म अव यसरी फोनमा मात्रै वोल्न सक्दिन म तिमीसंग भेट्न चाहन्छु । तिमीलाई थाहा छ मैले घरमा पनि सवैलाई मेरो गर्लफ्रेन छ म उसैसंग विहे गर्छु भनि सकेको छु । तर यो कुरा तिम्रो दिदीलाई नभन ल ? हामी एकैपटक भेटेर उसलाई सप्राइज दिनुपर्छ ।’

उसले यति भन्दै थियो वहिनी पनि आइ, मैले हत्त पत्त फोन राखेर वरन्डा तिर दौडिए, त्यो देखेर वैनी चिच्याइ
‘अरे दिदी के भयो ? किन रोएकी ? ’
दौडिदै म तिर आइ, अनि मैले भने ‘तेरो फोन.....’
उ हत्तपत्त फोन लिइ, अनि रातो र पिरो भइ, अनि फोन काटीदिइ अनि केही नवोली घरतिर गइ,
म कोठामा गएँ रोएँ, कराएँ तर रमितलाई फोन गर्ने आँट आएन, समय वित्दै गयो त्यो दिनको, एक्कासी साँझ एउटा एसएमएस आयो र भन्यो सरी डियर हेरन मैले तिमीलाई त्यस्सै जलाउनलाई तिम्रो वहिनीलाई फोन गरेको .....

अनि फोन गरे उस्लाइ र  एक्कासी कराउन थाले, ‘साला चोर’ ..तिमीवाट एक्कासी तँ मा झझेर गालि गर्नथालेछु अनि भन्दै गएँ ,  ‘नवोल म संग तलाई कत्ति विस्वास गरेको थिएँ मैले, तँ मेरो,
मेरो वहिनी संगै ? तँ जस्तो फटाहा, विस्वास घाती केटा चाहिएन मलाई त भन्दा धेरै राम्रो र इमान्दार केटा मेरो लाफमा आउँछ मलाई अव आइन्दा फोन नगर मैले तँलाई मेरो मनवाट हटाइसके । ’

यति सरापेर मैले फोन राखीदिएँ , उ सुन्दै मात्र थियो । केही वोलेन तर म भने फोन राखेर भक्कानीदै रोएँ,
उसलाई गालि गरेपनि विर्सन त कहाँ सक्थेँ र ? यति सजिलै, किनकी मैले उस्लाई सर्वस्व ठानेकी थिएँ । तर पनि मैले त्यो दिनदेखी रमितलाई फोन र एसएमएस गर्न छाडीदिएँ, मैले फोनमा गालि गरेपछी उस्ले पनि फोन गर्न छोड्यो ।

तर कहिले काहीँ एक्लै हुँदा उस्को वारेमा सोच्थेँ, उसले मलाई मात्र टाइमपासको लागि प्रयोग गरेको रहेछ नत्र किने फोन गरेन ?
अनि वहिनीको वारेमा पनि.... किन उसले मलाई यस्तो गरि, त्यसलाई थाहा थियो रमितको र मेरो सम्वन्धको विषयमा तर किन ?

सधैँ यस्तै सोच्थे म,
त्यो दिनदेखी वहिनी पनि मसंग वोल्न छाडेकी थिइ, मलाई देख्दा मुख वटार्दै हिड्थी.....
समय वित्दै थियो,

एक दिन अचानक मेरो मोवाइलमा नयाँ नम्वरवाट फोन आयो अनि मैले हेल्लो भने
उतावाट एउटा आवाज आयो ,
दिपिका हो ?
मैले होइन रंग नम्वर भने,
ला.... मलाई त यहि नम्वर दिएको थियो त, सरी है ?
उसले भन्यो
मैले भने, केही छैन केही छैन

फोन राख्यो,
त्यही दिन साँझ फेरी विहान फोन आएको नम्वरवाट एउटा एसएमएस आयो, जसमा लेखेको थियो,
‘आज मैले अरुनै भनेर तपाइलाई फोन गरे तर तपाइको आवज सुन्दा मलाई कतै चिनेकै मान्छेको आवाज जस्तै लाग्यो एकदमै सफ्ट अनि सुरीलो मलाई यस्तो आवज मन पर्छ । म तपाइसंग कुरा गर्न सक्छु ?’
मैले हो र ? धन्यवाद भने तर म नचिनेको मान्छेसंग कुरा गर्दिन सरी भनेर रिप्लाई गरिदिएँ, हुनपनि कहिल्यै नचिनेको र नदेखेको मान्छेको मायाजालमा फस्दा आफुलाई कति चोट पुगेको थियो त्यो आफुलाई मात्रै थाहा थियो ।

उसले फेरी रिप्लाई ग¥यो,
ल ल ठिकैछ म फोर्स गर्दिन, तर I like you voice keep it up ..... :)
मलाई टाइमपास गर्न निक्कै गाह्रो भै रहेको थियो, मनमा अनेककुराले डेरा जमाउँथे,
कहिले काहिँ त मरुँ भन्ने लाग्थ्यो तर सक्दीन थे जान्थे पुजा कोठामा साइडमा राखेको भगवान गिताको सार थियो त्यही पढ्थेँ अनि आफैलाई चित्त वुझाउँथे ।
जसमा लेखेको थियो....

-जो हुआ, वह अच्छा हुआ, जो हो रहा है, वह अच्छा हो रहा है, जो होगा, वह भी अच्छा ही होगा। तुम भूत का पश्चाताप न करो। भविष्य की चिन्ता न करो। वर्तमान चल रहा है।
-तुम्हारा क्या गया, जो तुम रोते हो? तुम क्या लाए थे, जो तुमने खो दिया? तुमने क्या पैदा किया था, जो नाश हो गया? न तुम कुछ लेकर आए, जो लिया यहीं से लिया। जो दिया, यहीं पर दिया। जो लिया, इसी (भगवान) से लिया। जो दिया, इसी को दिया।


समय वित्दै थियो, रंगनम्वरवाट फोन आएको त्यो अपरिचित व्यक्तिको एसएमएस सधै जसो आउने गथ्र्यौ, म उसलाई इग्नोर गरिरहेकी थिएँ, एकदिन घरपरिवार सवै वसेको ठाउँमा उसको फोन आयो २ पटक सम्म त मैले फोन काटिदिएँ । तेस्रो पटक पनि फोन आएपछी दाइले थाहा पाउनु भयो ?
अनि सोध्नु ‘भयो कस्को फोन आइराको छ तलाइ अघि देखी ? म दाइको प्रश्नले झसंग भएँ, अनि मैले मेरो साथीको भने दाइले भन्नु भयो साथीको भए किन काटीराको छस् त खुरुक्क नउठाएर,’
चौँथो पटक फोन उठाउँदा म वाहिर गएर फोन उठाएँ,
हेल्लो ...

उस्ले रुन्चे स्वरले हेल्लो भन्यो,
मैले सोधेँ अरे किन रोएको के भयो ?
उसको सधैँ जसो आउने एसएमएसले उसलाई मैले साथीको रुपमा भित्रभित्र लिइसकेको रहेछु सायद, त्यसैले ऊ रुँदा कता कता मलाइ समेत दुःखी वनाइरहेको थियो,
मेरो प्रश्नमा उसले भन्दै थियो....

‘म हिजो राती देखी सुत्न सकिरहेको छैन,
मेरो ममी विरामी हुनुहुन्छ, हेर्ने कोही छैन, म मात्रै, वुवा सानैमा वित्नु भयो, दाजु र भाउजु विदेशमा हुनुहुन्छ मलाई त विरामी मान्छेलाई कसरी हेरविचार गर्ने त्यो पनि थाहा छैन,
मात्र तातो पानी तताउँदै ममीलाई ख्वाइराखेको छु’

उसको यो कुराले मलाई साह्रै दःखी वनायो, मेरो पनि वुवा नभएको कारणले गर्दा ऊ प्रति दया लागेर आयो ।
मैले सोच्थेँ यो संसारमा म मात्रै दुःखी छु तर उसको त्यो कुराले लाग्यो संसारमा दुःख भन्ने सवैलाई नै हुँदो रहेछ मात्र कारण भिन्दा भिन्दै हुँदा रहेछन् । भन्ने पनि लाग्यो मलाई ।
अनि उसलाई मैले सोधेँ ?

‘तिम्रो यो दुःखमा मैले कसरी सहयोग गर्न सक्छु ?’
उसले भन्यो ‘हिजो देखी न मेरो ममीले केही खानु भाको छ न मैले, विहान अस्पताल लिएर गएको थिए । डाक्टरले कमजोरी र चिन्ताले ममिलाई यस्तो भएको भन्यो, अनि जाउलो वनाएर ख्वाउन भन्यो, तर मलाई त पानी उमाल्न र चिया वनाउन वाहेक केही आउँदैन,
कृपया मलाई जाउलो वनाउने कसरी वताइदेउन । ’

मैले हुन्छ  भने,
उ किचनमा गयो,
मैले उसलाई फोनवाट नै जाउलो वनाउन सिकाइदिए.......

साँझमा उसको फोन आयो, भन्यो ‘ममीलाई सन्चो नहुादा सम्म म यसरीनै जाउलो वनाएर खान दिन्छु भन्यो अनि उसले मलाई तिमी नभए मैले के गर्थै होला, धन्न तिमी छौँ’ ।
उसले यो भनेपछी मलाई पनि खुसी लाग्यो, सायद धेरै दिनपछी मनमा खुसी भएको यही समय थियो मेरो,
त्यो दिनदेखी उसको फोन लगातार आउन थाल्यो,

फोनमा म पनि वोल्न थाँले ऊ संग, उ मेरो राम्रो साथी वनेको थियो,
उसको नाम आदित्य थियो, मैले ऊ नजिक भएपछी उसलाई आदी.. मात्र भेनर वोलाउँथेँ उसले पनि मालाई सुस् मात्र भन्थ्यो,
ऊ संग मेरो फोनवाट कुरा भएको लगभग छ महिना भएको थियो,
छ महिनामा म उसंग निक्कैनै नजिक भैसकेको थिएँ, त्यो पनि फोनमा मात्रै,
म उसले गरेको मायामा यति फुरुँग हुँदै थिएँ की

मैले पुरानो कुरालाई सवै विर्सिसकेँ, रमित भन्ने पात्र मेरो मन र मस्तिष्कवाट टोटल्लि हटीसकेको थियो,
म फेरी पुरानै सुस्मिता भैसकेकी थिएँ, चुलवुल रमाइली र चन्चले......
लाग्थ्यो संसारमा म जती सुखी र खुसी कोही होला र ?

हाँस्दै खेल्दै समय वितीरहेको थियो अचानक १४ फेव्रअरी (भ्यालेनटाइन) को दिन नजिकीयो सवैलाई प्रणय दिवसले छोएको थियो मलाई पनि छोयो,
आदीले मलाई त्यो दिनमा भेट्ने भनेर योजना वनायो, मलाई पनि ऊसंग भेट्ने ठुलो इच्छा थियो, यो प्रयण दिवशले त्यो पुरा हुनेभयो ।

१२ फेव्रअरीको दिन साँझमा उसले फोन गर्यो सधैँ जस्तै,  अनि भन्यो ‘सुस् १३ गते हामी सौरहा जाने ल ? म वुटवलवाट हिड्छु अनि तिमी त्यहाँ तयारीका साथ वस्नु है ?’
म त अक्क न वक्कपरेँ, लौँ भेट्ने कुरा सम्म त लौ ठिकै छ तर १३ तारिखमा जाने भनेपछी त उहीँ वस्ने त भनेको होला ? तर म कसरी ? अलमल्ल परे तर उसलाई केही भनिन,

उसले फेरी भन्यो ‘अरे तिमी मलाई माया गर्छौ भने मलाई विस्वास पनि गर डियर म तिमीलाइ अप्ठ्यारोमा पार्ने काम केही गर्दीन । ’
फोन राँखे, रात भरी सोँचे,
मैले माया त उस्लाई गर्छु तर किनकिन उसंग वस्न मनले मानी रहेको थिएन,
तर पनि उस्लाई भेट्ने तिव्र इच्छा मनमा थियो, त्यसैले मनलाई दरो पारी ऊ संग जाने निर्णय लिएँ,
१३ फेव्ररीको दिन ऊ घरवाट हिड्ने समयामा फोन गर्यो, १ घन्टा मेरो घर सम्म आउन समय  लाग्थ्यो वुटवलदेखी

म पनि त्यती वेला सम्म तयार भैसकेकी थिएँ, मैले घरमा भने मेरो ‘नारायगढमा एउटी साथीको विहे छ म आज जान्छु अनि भोली आउँछु,’
घरमा मलाई सवैले विस्वास गर्ने हुनाले कसैले पनि नजा भनेनन्, म हिडे घरवाट,
टाइम क्याल्कुलेसन गरेर घरवाट हिड्न लाएको थिएँ १५ मिनेट अगाडीनै तर आदी पहिलानै वाटोमा आइसकेछ,

मैले शिव मन्दिरको अघिल्तीर वस्नु भनेको थिएँ, ऊ त्यहिँ थियो, अलि टाढैवाट देखे मन्दिर अगाडी रातो वाइकमा अढेस लगाएर वसेको एकजना सेतो सर्ट, अनि कालो कोर्ट र व्लु जिन्समा सजिएको केटा , कालो चस्मा पनि लगाएको थियो, छोटोछोटो कपाल, फोनमा वोलिरहेको थियो ऊ कसैसंग, म परवाट आउँदै गरेको देखेपछी हत्तपत्त फोन राखेर मलाई हात हल्लाएको थियो,
उसले मलाई चिन्यो किनकी मैले पहिलानै उसलाई आफ्नो वारेमा वर्णन गरिसकेकी थिएँ,

आउने वित्तिकै अंगालो हाल्यो मलाई,
अनि गालामा किस् गर्यो, म त लाजले भुतुक्कै भएँ,
अनि हिड्यौँ अरुंगखोलावाट हामी ,

वाइकमा लगभग १ घण्टा हिडेपछी नारायणगड आइपुग्यो,
त्यसको लगभग आधि घण्टामा हामी सौराहा पनि पुग्यौँ,
साँझमा वरीपरी घुम्न गयौँ, त्यहाँ थुप्रै जोडीहरु थिए सायद प्रणय दिवश मनाउन आएका थिए,
साँझ खानासाना खाइसेपछी हामी रुममा गयौँ, १२ वजे सम्म हामी कुरा गर्दै वस्यौँ घरको विषयमा भविष्यका योजनाको वारेमा,

म त्यसै दंग थिएँ, मैले खोजेको र सपनाको राजकुमार जस्तै लाग्यो आदी मलाई, साँच्चैनै एउटा केटीले आफ्नो लाइफ पाटर्नर जस्तो सोँच्च खोज्छ उस्तै थियो ऊ,
१२ वज्यो उसले वत्ति निभायोे, म डरले भुतुक्कै भएँ, तर वाहिरको वत्तिको उज्यालोले केही नदेखिने अन्धकार भने थिएन,

आदित्यले गोजीमा हात हाल्यो अनि केही चिज निकालेर मुठ्ठी वनायो, र म नजिकै आयो, उसले फेरी मेरो निधारमा किस गर्दे मेरो देव्रेहातको साहिली औलामा औठी लगाइदियो र भन्यो हेप्पि भ्यालेनटाइन डे माइ सुइटहार्ट,
म खुसीले गदगद भएँ,
के गरुँ के गरुँ भयो,

आँखावाट खुसीको आसुँ झर्यो,
उसले फकाउन थाल्यो भन्यो, सुस् नरोउ, म तिम्रो आखाँमा आँसु हेर्न सक्दिन,
 म यति माया गर्ने मान्छे पाउँदा निक्कै खुसी थिएँ,
मैले त्यति वेला रमितलाई पनि संम्झे,

सायद त्यो फरेवीको सच्चाइ थाहा नपाएको भए, आज आदीलाई कसरी पाउँथे ?
जे हुन्छ राम्रैका लागि हुन्छ  यो भनाइ वास्तविक  लाग्यो ।
र म खुसी खुसी आदीसित रात विताएँ,
ऊ संग मेरो सवै खाले सम्वन्ध भयो,

जुन विहे पछी हुनुपर्छ त्यो पनि भयो, तर पनि मलाई कुनै पश्चताप थिएन, किनकी म कन्र्फम थिएँ, म उसैसित विहेगर्छु ।
भोलिपल्ट विहान थियो म वाथरुम मा फ्रेस हुन गएकी थिएँ, आदित्य सुतिरहेकै थियो ।
अचानक हामी वसेको कोठाको ढोकामा ढकढक गरेको आवाज आयो,
म पनि हतार हतार कपडा फेरेर कपाल पुछ्दै वाहिर निस्किए आदित्य पनि उठिसकेको थियो,

ढोका खोल्यो मैले नचिनेको मान्छे त्यहाँ थियो,
आदीले चिनाउँदै भन्यो, सुस् ऊ मेरो साथी रमित ।
रमित ऊ  हास्दै म तिर देखाउँदै भन्यो ऊ मेरी प्यारी गर्लफ्रेड सुस्मिता ।
यति भन्न नपाउँदै रमितले भन्यो म  उसलाई राम्ररी चिन्छु, ऊ त मेरो साथी हो । पहिला देखीकै,
तर भेट्ने मौका आज मिल्यो,

उसले यति मात्र के भनेको थियो म त्यहाँ वस्नै सकिन गएँ फेरी वाथरुममा,
अनि ठुलो पारेर धारा खोले अनि रोएँ, उनिहरु रुममा वसेर मस्तले हाँस्दै थिए, म सुन्थे उनिहरु हाँसेको,
कुरा गर्थे भ्याइदिस् हैन ? ठिक गरिस् यस्तै यस्तै भन्दै थिए,

 उनिहरुको कुरा सुन्दा लाग्थ्यो मलाई यिनिहरुले मात्र प्रयोग गरे,
हतार हतार, कोठामा आएँ, सवै समान पोको पारेँ, अनि निस्किएँ, अदित्यले भन्दै थियो सुस् सुस् के गरेको ? आउ संगै कफि खाउँ,
म सरासर रुमवाट वाहिर निस्किएँ,
 साँझमा घर आइपुगेको थिएँ....

त्यतिन्जेल सम्म मेरो फोनमा आदित्यको ३० पटक सम्म फोन आएको थियो, म्यासेज आएको थियो, तर मैले कुनै रेस्पोन्स गरिन ,
राती एक्लै थिएँ, आफ्नो कोठामा फेरी आदित्यको फोन आयो,
अनि भन्यो सुस् सरी मैले तिम्रो फोन नमवर रमितवाटै पाएको थिएँ,
सुरुमा ।
यो सवै प्लान उस्कै (रमितकै) थियो ।
तर उसको प्लान भएको भए पनि म तिमीलाई साँच्चैको माया गर्छु सुस् .....
मैले फोन राखे....


‘त्यस दिनदेखी मैले आफ्नो मोवाइल अफगरेकी छु क्रान्ति, काठमाण्डौ म फुफुकोमा आएको आज २ दिन भयो, म मात्र तलाइनै भेट्न भनेर आएकी, म मात्र आफुले फोन गर्दा मोवाइल अन गर्छु नत्र अफनै हुन्छ ।
हेर मलाई यो कुराले साह्रै मन पोलेको छ, अव म के गर्ने होला ?
म मर्न भनेर कति सोचेँ तर अँह सकिन.....
क्रान्ति के गरुँ म के गरुँ ?’

 म त अक्क न वक्क भएँ, उस्को यो प्रश्नले  उसले यि कुराहरु भन्दै गर्दा मेरा पनि आँसु झरे दुवै अंगालो हालेर रोयौँ, निक्कै वेर सम्म..............यही बिचमा फेरि फोनको घन्टीआयो , उसले मलाई फोन गरेपछि अफ गर्न बिर्षेकी थी । त्यही नाम थियो
आदित्य कलिंग..........................................................................................................................................
क्रमश ............
 

Monday, January 7, 2013

झमकसंगको भेट


झमक घिमिरे,
उनको वारेमा मैले वखान गर्नु तपाइका अगाडी इन्द्रका अगाडी स्वर्गका वयान, भने जस्तै होला,तर मेरो नजरमा उनि एक कुसल साहित्यकार हुन् । उनको हातखुट्टा तपाइ हाम्रो जस्तो सरल र सहज तरिकाले चल्दैनन्,उनलाई देख्दा लाग्छ भगवानले उनलाई अन्याय गरे । तर अर्को कुरा हामीलाई भन्दा धेरै वुद्धि र क्षमता दिएर न्याय पनि गरेरका छन् भन्छु म त ।
न हिड्न सक्छिन् न वोल्न सक्छिन्, न राम्ररी खान सक्छिन् न राम्ररी सुत्न सक्छिन् तर उनले २ चिज राम्ररी गर्न सक्छिन् त्यो हो सुन्न र लेख्न । त्यसैले त उनि साहित्यमा अव्वल छिन् ।
३३ वर्ष अघि धनकुटाको कचिडामा जन्मेकी झमक उनको साहित्यिक प्रतिभाले धनकुटा जिल्ला मात्र होइन देश तथा विदेशमानै ख्याती कमाइसकेकी छिन् । धेरै मान सम्मान समेत पाइसकेकि छिन् ।
१ वर्ष अघि सम्म त मलाई पनि झमक घिमिरेको विषयमा त्यति जानकारी थिएन । यदा कदा पत्रपत्रिकामा फ्याट्ट फुट्ट उनको वारेमा पढ्थे तर उनलाई मैले नजिकवाट नियालेको उनको कृति “ जिवन काँडा की फुल” वाट नै हो । यो पुस्तक पढेपछी साँच्चैनै उनलाई नजिकवाट नियाल्र्न र लेखेरै भए पनि कुराकानी गर्न आतुर थिएँ म । यो पटकको मेरो धनकुटा यात्राले त्यो पनि पुरा गरिदियो ।

कार्यलयको काम लिएर ४ दिनको लागि सुनसरी र धनकुटा पुगेको म काम सकेको साँझ निक्कैनै फुरुँग थिएँ, २ जना मिलेर काम गर्ने भनिए पनि संगै गएको सहकर्मीको आफ्नै समस्याले गर्दा फर्किर्नु प¥यो र म एक्लै त्यहाँका स्थानिय साथीहरुसंग सहयोग मागि काम फत्ते गरेको थिएँ, । काम सकेपछी साथीभाइ सित कफि पिउँदै थिएँ, झमक घिमिरेको कुरा निस्कियो अनि थाहा पाएँ उनि त धनकुटामै छिन् रे ...... । अनि म अठोट गरे, म झमकलाई भेटेरै फर्किन्छु,
रातप¥यो, खानासाना खायौँ, सुत्ने समयमा मनमा कुरा खेल्दै थियो,
साँच्चैनै मैले त्यहि पुस्तक लेख्ने झमकलाई भेट्न जाँदै छु है, ओ हो, कस्तो संघर्षमय जिवन वितएकी थिइन उनले, भाइवहिनीको कितावकपी लुकिलुकि हेर्नुपर्ने वाध्यता थियो उन्को, वाउले पनि अलक्षिना भनेर आरोप लगाएका थिए, गाउँलेले पनि उनलाई हेयको भावनाले हेर्ने गर्थे तर पनि उनि.......... “जिवन काँडा की फूल” मा लेखिएका कुराहरु मेरो दिमागमा फनफनी घुम्न थाले.... कति खेर निद्रा रानिले छोपिछिन् म त फुसुक्कै निदएछु ।
विहान भयो, सुर्यको किरण म वसेको कोठामा न्यानो प्रकाश दिँदै छिर्यो, यस्सो घडी हेरेको त विहानको ८ वजिसकेको रहेछ । हतारहतार तयार भएर म रेडियो मकालुको परिसरमा गएँ, त्यहाँका २ जना पत्रकार सन्तविर लामा र देवकला कार्कीको साथमा लागेँ झमकको गाउँ तिर, ... उकालो ओरालो, सल्लाघारीको विचैविच सानो गाडि कुद्दै थियो, वरिपरी नियाल्दै म झमकलाई भेट्न गएकी थिएँ, समय हुँदो हो त म त्यहाँ हिडेर जान्थे किनकी मलाई हिड्न साह्रो रहर लाग्छ, अझै त्यो हरियाली सल्लाघारी त मनै लोभ्याउने खालको थियो । लगभग आधा घण्टाको घुमाउरो वाटो कटेपछी उता गाडि जाने ठाउँ नै थिएन।
वारीको आलि आलि उकालो वाटो फेरी खुट्टालेनै हिड्यौँ लगभग १५/२० मिनेटको वाटो पछि सुन्तलाको वगानमा आइपुग्यौँ, सुन्तलाको वगान अघिल्तिर गोठ, गोठको आडैवाट सानो उनको घरजाने वाटो, त्यहि वाटो हुँदै सफा आगन सेतो रंगलगाएको झमक घिमिरेको घरमा हामी पुग्यौँ, मैले वरिपरी हेरे कतै झमक वाहिरै छिन् कि ?
अँ हँ कतै देखीन, वुवा आउनु भो उनको पत्रकार सन्तविरलाई सायद उहाँ पहिला देखीनै चिन्नुहुन्थ्यो अनि फुकाउन थालिहाल्नु भयो उहाँको पिडाको भारी, उहाँ भन्दै हुनुहुन्थ्यो झमकलाई २ महिना अस्पतालमा राखेर ल्याउँदा उनलाई सम्मान गरेर दिएका रकम जति सवै सक्कियो । अहिले हामी संग रकम छैन, तर झमकलाई वचाउने भए, महिनाको ७ सय ५० का दरले ओखती पानी लाग्छ, तुरुक्क आसु चुहाउँदै भने, झमककी आमा पनि हामी नजिकै आएर वस्नु भयो  र थप्नु भयो, भर्खरै चाइनामा झमकलाई एउटाकार्यक्रममा सम्मानका लागि वोलाएका थिए। त्यहाँ जानु भन्दा अघि धेरै संघसंस्था र आफन्तिले पनि झमकलाई उपचार खर्च उपलव्ध गराइदिने भनेका थिए, चाइना गएर आए पछि कसैले पनि वास्तै गरेनन् , आमा थप्नुभो ।

सवैले सोचेँ विदेश गएर आएपछी त टन्न पैसा पाए हामीले किन सहयोग गर्नुपर्यो भनेर तर हेर्नुस हामीलाई आउजाउ र वस्ने खर्चवाहेक पाएका भनेको यि यो एउटा उपहार हो ।
निक्कैनै गह्रौ चाइनिज अक्षरमा खुँदिएका उपहार देखाउँदै उहाँले भन्नु भयो, वुवाले थप्नुभयो – हेर्नु नानी न यो उपहार वेच्न मिल्ने न के..... त्यहीहो हामी वुढावुढीले पनि झमको कारणले विदेश हेर्न पायौँ । कुरा गर्दै हामी झमको कोठामा आइपुगेका थियौँ, देव्रे पट्टीको खाटमा उनि खुट्टाले पान्न पल्टाउँदै गरिमा नामक सहित्यिक किताव पढिरहेकी थिइन, मैले नमस्ते झमक जी भने उनले सकि नसरी दुवै खुट्टा उचालेर मलाई नमस्ते फर्काउँदै थिइन, अनि मैले सोधेँ उहाँ विरामी भएर दुव्लाउनु भाको हो ? आमाले भन्नु भो अहिले त अलि हेर्न लायक भाकि हो, अनि झमक हाम्रो कुराकानी सुन्दै मुस्कुराउँदै थिइन, हामीले उनलाई उपहार स्वरुप लगिदिएको डायरी र पेन दिएका थियौँ,
आफ्ना केही शव्द लेखेर मैले लेखे
"गेट विल सुन झमक
वि लभ यु",
क्रान्ति दरै दमौली
एउटा मिकीमाउसको चित्र पनि वनाएकी थिएँ त्यहाँ उनि त्यो देखेर  निक्कैनै हासेकी थिइन, आमाले त्यतीवेला सम्म चिया वनाएर ल्याइसक्नु भएको थियो, खायौँ र झमकलाई धेरै डिस्टर्व नगर्ने हेतुले हामी वाहिर निस्कियौँ । हामीले विदा माग्दा उनले कपि पल्टाएर मुस्कुराउँदै लेखिन हस्त, हामी निस्कियौँ, वाहिर उनको घरमा २ वटा ट्वाइलेट थियो, सोधेँ, जर्मनको सहयोगमा उनलाई सुविधा युक्त ट्वाइलेट वनाइएको रहेछ, आमाले हामीलाई भान्सा तिर देखाउन लानुभयो त्यहाँ त एउटा निक्कैनै आकर्षक खालको ह्व्वील चियर थियो, निक्कैनै गह्रुँगो, सवै खुट्टाले नै संचालन गर्न मिल्ने, वावाले भन्नुभयो यो १ सय ६० किलोको छ, जर्मनलेनै सहयोग गरेको हो, यसको मुल्य २० लाख रुपैँया पर्दो रहेछ ।,
यो वस सरह छिटो दौडिन सक्छ, राम्रो वाटोमा यो झमक आफैले दौडाइन, तर यहाँ त यस्तो छ वाटो घरमा ल्याउँदा समेत मान्छे लगाएर वोकेर ल्याएको, मलाई कस्तो अचम्म लाग्यो, विदेशीले हाम्रो नेपाली चेलीलाई यति धेरै सहयोग गरेका छन् तर हेर हामी नेपालीले उनको घर सम्म जाने एउटा गतिलो वाटो पनि निर्माण गर्न सकेका छैनौँ ।
उनलाई मान सम्मान गरेर उपहार स्वरुप महंगा महंगा उपहार दिएका छौँ तर वास्तवमा उनलाई के कुराको आवस्यक छ त्यो कुरा दिन सकिरहेका छैनौँ, विरामी परेपछी उनले पत्रिकामा लेखिरहेको स्तम्भ पनि निरन्तता दिन सकिरहेकी छैनिन् । जसले उनको आम्दानीको वाटो पनि वन्द भएको छ ।,
हामी फर्कियौँ,
मनमा अनेक कुरा खेल्दै गएँ,
-म उनको लागि के के गर्न सक्छु ?
– उनको स्वास्थ्य उपचार खर्चको लागि रकम जम्म गर्न ?
– उनको घरसम्म को वाटो ह्विल चियर गुड्ने सम्म वनउन विभिन्न संघसंस्थाहरुलाई आव्हान गर्न ?
यति पनि नभए यो चाहिँ गर्न सक्छु । गएर ति साहित्यिक संघसंस्थाहरुमा भन्न सक्छु, हाम्रो नेपालमा सहि मुल्यांकन मान्छे मरेपछी गर्ने चलन छ, कृपया यो चलन वन्द गर र सहयोग गर्ने नै हो भने वाचुन्जेल गर ।
धन्यवाद,

Friday, November 23, 2012

मेरो मुटु




मलाई थाहा छ तिमी आफ्नै दुनियामा खुसी छौँ,
आफ्नै संसारमा रमाइरहेका छौ ।
मलाई यो पनि थाहा छ तिमीले सवै पुराना दिनहरुलाई विर्सी सक्यौ ।
अँह, तर म सक्दिन विर्सन ति रमाइला क्षणहरु, ति रमाइला मेरा अतित
जसले,
जसले आज मालई यो दुनियाँ वुझ्न सिकायो,
समस्या संग जुध्न सिकायो,
मायामा यि र यस्ता दिनहरु पनि आउँदा रहेछन्, भनेर सर्तक हुन सिकायो ।
धन्यवाद छ तिमीलाई,
म वाट टाढा भै दिएको मा आँखाले नदेख्ने ठाउँमा गैदिएकोमा ।
सोच्थे तिमी विना पनि म वाँच्न सक्छु र <
तर,
तर परिस्थिती अर्कै हुँदो रहेछ सोच्दा र भोग्दा एकदमै फरक ।
धेरै सोच्थे म तिम्रो वारेमा
तिमी मेरो मुटु हौ,
अँह, त्यो मेरो भ्रम रहेछ,
भनाइको मतलव तिमी केही थिएनौ पनि भन्दिन मेरा लागि,
थियौँ शरिर भित्रै कुनै अंग वनेर
तर मुटु होइनौ रहेछ,
किनकी,
किनकी मेरो मुटु""""' फेरी जोड जोडले धड्किदै छ,
अर्कैको नाउँमा,
खुल्ला यो आकाशमा,
धकधक धकधक धकधक ============

Saturday, August 25, 2012

तपाइले चालेका हरेक कदम सफलताले चुमोस्


आज शनिवार, दिनभरी घरमै, वरिपरी वस्ने साथीहरु दंग पर्दै थिए, अरे शनिवार पनि क्रान्ति घरमा ? अर्कीले केही सम्झे जस्तो गर्दै भनि यसको मोवाइल छैन नि त त्यसैले .... सवै गलल्ललललल हाँसे,
   
 साँच्चै ३ दिन देखी म संग मोवाइल छैन, त्यसैले न कसैको टिकटिक सुन्नु परेको छ न कसइलाई मेरो टिकटिक सुनाउनु परेको कति आनन्द भाको छ भन्या....
    तर
 अचेलका दिन मेरा लागि साह्रै खराव चलिराका छन् । कहिले के हराउने कहिले के, सायद १५ दिन अघि मात्र पर्स हराएकी थिएँ अस्ति मात्रै मोवाइलले पनि साथ छोडिदियो । खै के खै के ?

तै  पनि हाम्रा प्रधानमन्त्रि कामचलाउ भए जस्तै मलाई पनि नजिकका साथीहरुले कसैले सिमकार्ड दिए त कसैले मोवाइल उहि काम चलाउ, तर मागेको चिज के पाएर हुन्थ्यो र ? मोवाइल त दिए तर चार्जर छैन,

२ दिन त पिलिक पिलिक गर्दै भए पनि चल्याथ्यो आजवाट त्यो पनि ठप्पै, विहानै एउटा एसएमएस गर्न सम्म भ्याएकी थिएँ, तर त्यो एसएमएसको रिप्लाइ समेत हेर्न भ्याएको भए त के ?

परिक्षा पनि नजिकीदै गरेकोले दिउँसो यस्सो किताव पनि हेरी टोपल्याथेँ, त्यसैले मोवाइलको पनि त्यति चाँसो भएन,
साँझ पर्यो, लाइन छैन क्यारुँ क्यारुँ भयो, त्यही अफ भाको मोवाइललाई पनि वेस्कन रातो वटम के थिच्देको थिएँ, अन त भै हाल्यो नि, यस्सो हेरेको त २ वटा नयाँ सन्देश, हत्तपत्त हेँरे लेखेको थियो,

"धन्यवाद नानी" , अनि अर्कोमा थियो "त छिट्टो घर आइज", एउटै नम्वरवाट २ वटा सन्देश रहेछ । क्यार्नु अव, साँझको ८ वजे तिर सन्देश हेरेँकी थिएँ, मन भततत पोल्यो केही गर्न सक्ने अवस्थामै भइन,
आज मेरी प्यारी दिदीको जन्मदिन चाहेर पनि उहाँसंग खुसी साट्न सकिन ।

सरी दिदी,
तपाइको शुभ जन्मदिनको अवसरमा तपाइले चालेका हरेक कदम सफलताले चुमोस् शुभकामना छ मेरो ।
                                                          Photo by Sabin Singh (facebook)

Friday, August 17, 2012

Happy father's day to you My MOM


फेसवुकको भित्तामा र ट्वीटरको टाइमलाईनमा सवैले आफ्नो वुवा वारेमा लेख्दा र फोटो राख्दा आफुलाई पनि वुवाको याद न आएको होइन, तर धेरै कुरा यादनै छैनन् वुवा हुँदाका, १० वर्षकी हुँदा वुवा वित्नु भएको अहिले १५ वर्ष कटेछ । १० वर्षको यादलाई यो १५ वर्षले धेरै पुरानो वनाइ दिएछ सायद, राम्रोसंग सम्झिन सकिन तपाइ हुँदाका दिनहरु, यसको लागि क्षमा गर्नुस् वुवा, तर आफुले नखाइ, नलाई क अक्षर स्कुलमा नपढे पनि हामीलाई पढाएर यहाँ सम्म आइपुग्ने सम्म वनाइ दिनुभएकी मेरी प्यारी आमालाई धेरै धेरै शुभकामना,
आमा भने नी वुवा भनेनी मेरी आमा नै हुन् जसले जन्माउने देखी लिएर वुवाले गर्ने हरेक कर्तव्य निर्वाह गरेकी छेउ, म तिमीमा सधै आभारी छु ,
Happy Farter's day to you My MOM