आज शनिवार, दिनभरी घरमै, वरिपरी वस्ने साथीहरु दंग पर्दै थिए, अरे शनिवार पनि क्रान्ति घरमा ? अर्कीले केही सम्झे जस्तो गर्दै भनि यसको मोवाइल छैन नि त त्यसैले .... सवै गलल्ललललल हाँसे,
साँच्चै ३ दिन देखी म संग मोवाइल छैन, त्यसैले न कसैको टिकटिक सुन्नु परेको छ न कसइलाई मेरो टिकटिक सुनाउनु परेको कति आनन्द भाको छ भन्या....
तर
अचेलका दिन मेरा लागि साह्रै खराव चलिराका छन् । कहिले के हराउने कहिले के, सायद १५ दिन अघि मात्र पर्स हराएकी थिएँ अस्ति मात्रै मोवाइलले पनि साथ छोडिदियो । खै के खै के ?
तै पनि हाम्रा प्रधानमन्त्रि कामचलाउ भए जस्तै मलाई पनि नजिकका साथीहरुले कसैले सिमकार्ड दिए त कसैले मोवाइल उहि काम चलाउ, तर मागेको चिज के पाएर हुन्थ्यो र ? मोवाइल त दिए तर चार्जर छैन,
२ दिन त पिलिक पिलिक गर्दै भए पनि चल्याथ्यो आजवाट त्यो पनि ठप्पै, विहानै एउटा एसएमएस गर्न सम्म भ्याएकी थिएँ, तर त्यो एसएमएसको रिप्लाइ समेत हेर्न भ्याएको भए त के ?
परिक्षा पनि नजिकीदै गरेकोले दिउँसो यस्सो किताव पनि हेरी टोपल्याथेँ, त्यसैले मोवाइलको पनि त्यति चाँसो भएन,
साँझ पर्यो, लाइन छैन क्यारुँ क्यारुँ भयो, त्यही अफ भाको मोवाइललाई पनि वेस्कन रातो वटम के थिच्देको थिएँ, अन त भै हाल्यो नि, यस्सो हेरेको त २ वटा नयाँ सन्देश, हत्तपत्त हेँरे लेखेको थियो,
"धन्यवाद नानी" , अनि अर्कोमा थियो "त छिट्टो घर आइज", एउटै नम्वरवाट २ वटा सन्देश रहेछ । क्यार्नु अव, साँझको ८ वजे तिर सन्देश हेरेँकी थिएँ, मन भततत पोल्यो केही गर्न सक्ने अवस्थामै भइन,
आज मेरी प्यारी दिदीको जन्मदिन चाहेर पनि उहाँसंग खुसी साट्न सकिन ।
सरी दिदी,
तपाइको शुभ जन्मदिनको अवसरमा तपाइले चालेका हरेक कदम सफलताले चुमोस् शुभकामना छ मेरो ।
Photo by Sabin Singh (facebook)
No comments:
Post a Comment