http://meroreport.net/profiles/blogs/6365517:BlogPost:77961?xg_source=activity
आम संचारमाध्यमले व्यक्तिका बिचारहरुलाई सबैसामु लैजाने काम गर्छन । तर सबै मानिसका सबैखाले बिचारहरु ती माध्यमहरुले समेट्दैन र समेट्न सक्दैन पनि । त्यसैले एउटा मानिसले जे देख्छ वा जे भोग्छ त्यसलाई इन्टरनेट मार्फत सबैसामु पुर्याउने सजिलो माध्यम वनेको छ व्लग ।
Sabin Singh |
सरकारी सेवामा कार्यरत सविन सिंहले विगत ४ वर्षदेखी "एकतारे" नाममा व्लगिङ गर्दै आउनुभएको छ । आफुले ब्लगिङ गर्नुको कारण उहाँ यसरी प्रष्ट्याउनुहुन्छ-"ब्लगमा आफुले जे मन लागे लेख्न पाइन्छ । म आफुले देखेका कुराहरुलाई रमाइलो ढंगवाट लेख्न मनपराउँछु ।"
Kabita Pokhrel |
त्यस्तै ललितपुर कुमारीपाटीमा वसोवास गर्दे आउनुभएकी कविता पोखरेल महिलाका सवालमा लेख्न र ब्लगिङ्ग गर्न मन पराउनुहुन्छ । उहाँ विगत ४ वर्ष देखि म र मेरा शब्द शिर्षकमा व्लगिङ्ग गर्नुहुन्छ । आफुलाइ ब्लगिङ गर्न प्रेरित गर्ने सवालबारे उहाँ यसो भन्नुहुन्छ-”महिला सम्वन्धि सानो भन्दा सानो विषयले पनि मलाई लेख्न प्रेरित वनाउँछ।"
व्लगिङ्ग सुरु गर्दाका दिन सम्झिदै कविता थप्नुहुन्छ-"एकदिन मैले एउटा स्टोरी लेखेँ तर त्यसो स्टोरी पेपरले छाप्न मानेन, उनीहरुले कुनै नाम चलेको मान्छेको कुरा राख्नु भने, यो कुराले मलाई चित्त दुख्यो र ति कुराहरु मैले व्लगमा राख्न थाले।"
Smriti Silpakar |
स्मृति ब्लग र मुलधारको पत्रकारिता विच धेरै भिन्नता रहेको वताउनुहुन्छ-"व्लगमा आफ्नो इच्छा अनुसार लेख्न पाइन्छ कसैले हप्तक्षेप गर्न पाउँदैन, तर पत्रकारितामा आफ्नो विचार दिन पाइदैन हाकीमहरुको हस्तक्षेप धेरै हुन्छ।"
मुलधारको संचारमाध्यममा काम गर्दाको क्षण सम्झदै स्मृति भन्नुहुन्छ-"एकदिन मैले रिपोर्टिङ् गर्ने क्रममा एलोभेरा जुसको विज्ञापन बारे स्टोरी वनाएँ किनभने त्यतिबेला एलोभेरा जुसको जसरी विज्ञापन वज्यो तर सामान मार्केटमा आइपुग्दा एकदमै खराव आयो, तर मैले काम गर्ने संचारमाध्यमले त्यो स्टोरी वजाउन दिएन । किनभने अफिसले त्यो विज्ञापनको पैसा लिन रहेछ, रिपोर्ट वजाएमा पैसा दिदैन भनेर वजाउन मानेन।" ब्लगको महत्वबारे उहाँ भन्नुहुन्छ-"तर व्लगमा चाही त्यस्तो हुँदैन,व्लगमा फ्रिली लेख्न पाइन्छ ।"
तत्कालीन राजा ज्ञानेन्द्रको २०६१ साल माघ १९ गतेको शाहि कदमपछि संचारमाध्यमहरुमा शेन्शरशिप लागु भयो । त्यसपछि आफुले देखेका भोगेका कुराहरुलाई धेरैले व्लगमार्फत अभिव्यक्त गर्न थाले । त्यतिबेलादेखि नै ब्लगिङ्ग गर्दै आउनुभएका पत्रकार एवं व्लगर केपी ढुँगाना ब्लगिङ्गको सुरुवाती दिन यसरी सम्झिनुहुन्छ-"माग १९ गते जुन पोलिटकल चेन्ज आयो त्यसपछि सरकारले संचारमाध्यममाथि सेन्सरसिप लागु गर्यो र प्रेस स्वतन्त्रताका विश्वव्यापि मान्यताहरु माथि हप्तक्षेप भयो, त्यसपछि पत्रकारिता मार्फत ब्यक्त गर्न नसकेका उकुसमुकुसलाई चिर्नको निम्ति माध्यम के छ भनेर खोज्दै जाँदा व्लगमा पुग्यौँ ।"
केपी दुगाना प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रताको लागि व्लग उत्कृष्ट नमुना हो भन्नुहुन्छ-"पत्रकारले एउटा थ्योरी अनुसार काम गर्नुपर्छ पत्रकारितामा महत्वपुर्ण कुराहरु नछुटेका हुनसक्छन् तर एउटा प्याट्रनमा वसेर पत्रकारिता गरिन्छ तर व्लगमा त्यस्तो हुँदैन।" ढुँगाना थप्नुहुन्छ-"त्यसैले वाक स्वतन्त्रताको लागि उत्कृष्ट नमुना हो व्लग।"
Janak Raj Bhatta |
व्लगिङ्का चुनौतीवारे ब्लगर भट्ट यसो भन्नुहुन्छ-"नेपालमा अहिलेसम्म पनि विषयवस्तु र गुणस्तरमा भन्दा पनि हल्लामा ध्यान दिने चलनले गर्दा गुणस्तरीय व्लग पनि नचलिरहेको अवस्था छ।" भट्ट भन्नुहुन्छ-"व्लगलाई अलि विश्वास नगर्ने पनि देखिएको छ र व्लग संचालन गर्नेहरु पनि के लेख्नु हुन्छ के लेख्नु हुँदैन भन्ने कुराको ज्ञान नभएका कारण पनि समस्यामा पर्ने गरेका छन् । "
ठुला आमसंचारमाध्यमहरु ब्यवसायिक बन्दै गरेको अवस्थामा एउटा नागरिकले नि:शुल्क रुपमा अर्को नागरिकलाई सुचना तथा जानकारी बाँड्ने लोकप्रिय माध्यम बनेको छ ब्लगिङ । यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई बिस्तार गर्ने काम त गरेको छ नै, संगसंगै ज्ञानको दायरालाई पनि बिश्वब्यापीकरण गर्न सफल भएको छ ।
No comments:
Post a Comment