Tuesday, February 21, 2012

म र मेरो बल्खु यात्रा


विहानको लगभग १० बज्दै थियो क्यम्पसको अन्तिम कक्षा नलिइ म त्यहाँ पुगेको थिएँ । ४०।५० जनाको लामबद्ध लाइन मा पछाडी पट्टी गएर उभिएँ । युवा साथिहरु कहिले सम्मको आएरहेछ खोइखोइ भन्दै ठेलमठेल गर्दै अघि बढिरहेका थिए । लगभग ११ पैतालिस भएको थियो त्यतिन्जेल सम्म मेरो अघाडी र पछाडी लाइनमा उभिएका केही साथीहरु संग परिचय भै सकेको थियो । उनिहरु भन्दै थिए । हिजो पनि आएँ अस्ति पनि आएँ कहिल्यै बन्ने होइन । समस्या मेरो पनि त्यस्तै थियो । मैले फारम भरेको १५ दिन पछि जाँदा नबनेको आज १ महिना पछि पुगेको थिएँ । मध्यान्नको  १२ पनि लाइनमा बस्दै बज्यो । तपाइलाइ लाग्ला ४०। ५० जना २ घण्टा के गरिरहेको ? के मा लाइन लागिरहेको ? म कुरा गर्देछु परिक्षा नियन्त्रण कार्यालय बल्खुको । जहाँ प्रतिदिन सयौँ विद्यार्थी घण्टौँ लाएर लाइन बस्छन् अनि रित्तो हात फर्किन्छन । लाइनमा केही  विद्यार्थी ट्रान्सकिप लिन आएका थिए त्यो बेला भने केही ट्रान्सकिप लिने फम भर्दै थिए । म भने आफ्नै लाइनमा मख्ख पर्दै यताउता लाइनमा बस्न आएका नयाँ साथिहरुलाई नियाल्दै थिएँ । मख्ख यसकारण थिए कि, भित्रबाट खवर आएको थियो नोभेम्वर १० तारिखमा भरेको फारमहरुको मात्रै आएको छ । मेरो त नोभेम्वर ६ तारिखको विल, नआउने कुरै भएन ।
      बल्ल बल्ल २ घण्टा पछी भए पनि मेरो पालो आएरै छोड्यो । हुन त आदि घण्टा अघिनै आउथ्यो होला । प्राइभेट कार्यालय भएको भए, सरकारी न प¥यो पौने ११ बजे मात्रै खुल्यो अनि त १२ बजे मात्रै आयो मेरो पालो । मख्ख  पर्दै अघिसरे, विल दिएँ, अनि सरले सरसर्ती पाना पल्टाउँदै हेर्नु भयो, त्यतिकैमा अर्को कर्मचारी भित्र आए अनि त्यो पाना पल्टाउँदै गरेको सर उनी सित बम्किए, यति खेर हो आउने ? राता र निला मुख बनाउँदै बम्किदै थिएँ उनि । काम गर्देराखेको सरको ध्यान अन्तै तिर सरेपछी म पनि के कम टुच्च भनि
हाँले । सर, जे काम गर्दे हुनुहुन्छ त्यहाँ ध्यान दिनुस् न २ घण्टा भैसक्यो लाइन लागेको, एउटा काममा मात्रै ध्यान लगाए अलि छिटो लाइन सथ्र्यो कि ? त्यस पछी त के चाहियो र ? उनको रिसको सिमा नै रहेन, त्यसपछी त झन के काम गर्थे ? दायाँ तिर कुर्सी घुमाएरत मस्तिले गफिन थाले अरु कर्मचारीहरु सित । म चुप लाएर बसे एकछिन । केही समय पछी सरसरर्ती कपिको पाना पल्टाउँदै भने के रे नाम ? क्रान्ती दरै मैले उत्तर दिएँ । उनले भेटेछन् र कपिको आधाउधी पान्न फर्काउँदै भने सबै मार्कसिट लिएर आउनु । म अचम्म परेर सोधेँ किन र सर ? यहाँ त्यही लेख्या छ, मैले भन्या होर ?
म लुरुक्क परेर फर्किए बाटाभरी कुरा खेलीरह्यो । मेरो देशाँ आफुले दुख्ख गरेर पढी पास गरेको ट्रान्सकिप पाउन पनि कति मेहनत गर्नुपर्छ । क्याल्कुलेसन गरे त्यहाँ आउँदा र जाँदाको भाडा, जाँदा आउँदा ४ पटक चढ्नु पर्ने माइक्रो ३ पटक त म गइसकेँ । शनिवार जाउँ भने कार्यलय बन्द हुने समस्या । आइतबार जानुपर्ने, क्लास बंक त छँदैछ । शरिर आफै काम्दै थियो । सोच्दा सोच्दा.... तनहुँ बाट आएर काठमाण्डौमा बस्छु । घरभाडा, खाना, पढाइ, आदि इत्यादी सबै खर्चको जोहो आफै गर्नुपर्छ ।  सरकारले सहुलियत दिनु त कहाँ हो कहाँ झन खर्चमाथी खर्च । यो कुराले मन त्यसै त्यसै छटपटाइरहेको थियो । अनि फेरी सोचेँ म यो काठमाण्डौमै छु । सानोतिनो नोकरी पनि गरिराछु ।  ल मैले, भएका यि साना तिना खर्च त टारुँला खाजा साजा नखाएर भएपनि तर त्यहाँ त १४ अंचल ७५ जिल्लाकै विद्यार्थीहरु आउने ठाउँ हो । टाढाटाढाका बिद्यार्थीहरुलाई पनि यो समस्याले त पिरल्छ होला त ? बिचरा उनिहरु, १५ दिन पछि बोलाउँछन् आयो निस्किने होइन, बरु १ महिना पछिनै दिने भन्ने नियम बनाए भै हाल्थ्यो नि । नदिने भए पछी किन १५ दिन भनेर झुक्याउनु फेरी ? २ महिनाकै समय राखोस् हाम्रो भन्नु केही छैन, तोकिएको समयमै पाइयोस, आफुले नाम लेख्न नजानेर, विद्यार्थीलाइ यो गर त्यो गर भनेर दुख्ख नदियोस्, मेरो आग्रह ।

 

No comments:

Post a Comment