Wednesday, March 7, 2012

आजको दिन, NOVEMBER 13, 2011


आजको दिन,
आँखा त मेरा ५ बजे नै खुलेका थिए । आगनाँ कुकरु भुकिरहेका थिए, फरक फरक आवाज निकाल्दै । लाग्थ्यो, त्यहाँ १५ वटा त अवश्य थिए । यस्सो घडी हेरेको ५.३० भैसकेको थियो, क्याम्पस जाउँ कि नजाउँ, बेडमै सोच्दै थिएँ । घरबाट आमाले फोन गरिन् । अझै सुत्दै ! क्यामपस जाने होइन ? जाने हो अब...भन्दै आमाको कुरा सुन्दै थिएँ । भुँइचालो गयो नि आज पनि, आँई हो र ? लौ म त कस्तो अभागी कहिल्यै पनि भुँइचालो जाँदा महसुस नै गर्न नपाउने । लौ छिटो उठेर क्याम्पस जाउ भन्नु भयो, म पनि बिहानको नित्यकर्म सकेर क्याम्पस तिर सुईकिए । दोस्रो पिरियडको पनि आधाउँधि तिर पुगेको म अहिले सम्म पनि पढाएको कुरा, कुरा बुझे मार्दिनु भन्या जस्तो भाछ , नहोस पनि कसरी , प्लस टु पढेँ म्यानेजमेन्टमा, व्याचलर सकेँ एजुकेशनमा अहिले मास्टर गर्देछु आर्टसमा ...... हासो लाग्छ घरिघरि तर मलाई अचम्म पनि लाग्छ, सर आउँछन् पढाउँछन अनि बिभिन्न जातजातिको परम्पराहरु बारे फलाकछन् पनि । कति पय परम्परा त एउटा जातीको हुन्छ अर्के जातको हो भनिदिन्छन् , सर यो त अर्कै जातिको हो भन्यो, लेक्चर न हुन कुरा लाई त कुलो घुमाए झै फनफनी ..........
   चौथो पिरियड हुँदै थियो एउटा साथिले कानमा आएर खुसुक्क भनि, एउटा जोक्स भनुँ ? मेरो सजिलो उत्तर भनन.... उसले भनि नन् भेज, ह्या जे भेज भए पनि भन  ...................उसले भनि जोकस अनि मेरो हाँसोको बर्षा छुटे, वरिपरीका सवैले मलाई हेर्न थाले अनि मेरो साइडमा बस्ने अर्कि साथिलाई पनि भनि उसले उ पनि हाँसी ..... तर हाँसो त झन् त्यो बेला उठ्यो नजिकैकी अर्कि साथि ले भनि ओए, म त विर्सिन्छु फेरी भन्त म कपिमा लेख्छु............................ त्यस पछि के चाइयो र हाँस्न लाई............ अनि त पढाउन आका सर गए । के पढाए के....
पाचौँ पिरियड हामी चारै जनाको मिलेमतो मा बंक गरेर चिया खान जाउँ भनेर गयौँ । म अलि मोटी छु अरुले भन्छन् ह्या मलाई बाल..... आफुलाई त म १०० प्रतिशत ठिक छु लाग्छ । तै पनि कुपण्डोलमा तराइ मुलकी एउटी साथी बस्छे त्यहाँ गएँ हिड्दै । लौ म पनि काठमाण्डौ जिल्ला अदालतमा अन्तरवार्ता लिन जानुछ संगै जाउँला भनि २ जनानै मिलेर गयौँ तर भेट्न गएको मान्छे रहेछ सरकारी बकिलको कार्यालयमा, गयौँ त्यहाँ । अनि पर्खेर बस्यौँ , अब हामी २ जनाको ठुलै स्वरमा गफ भएछ, केहि काम गर्दे गरेको जस्तो देखिने एउट वकिलले भने कुरा गर्ने भए यहाँ होइन बाहिर जानुस् , आई कस्तो स्वभाव त्यो मान्छेको मेरी साथी पनि के कम भनि मलाई खुसुक्क, कान के निचे तम्बुरा बजाउँगी पता चलेगा....... तर सुन्ने गरेर चाई होइन । अनि चुप लाएर भेट्न गएका मान्छेलाई कुर्दै थियौँ एक्कासी शौचालयको बास्ना हुँस्स्स्स्स्स्स्स्स नाकमा पस्यो, अनि त मेरो टाउको दुख्न सुरु भै हाल्यो । साथीलाइ पनि त्यहि भएछ क्यार, २ जनानै नाकछोपेर बस्यौँ आदी घण्टा । बल्ल बल्ल तिनी वकिल आए अनि आफुलाई आवश्यक पर्ने कुराकानी रेकर्ड गरेर हुँइकियौँ । हैन सरकारी कार्यालय हो भन्दैमा जताततै फोहोर नै हुनुपर्छ त ? हैन कर्मचारीलाइ पनि अप्ठ्यारो लाग्दैन कि क्याहो ? त्यही पान खाएर थुकेका थुकहरु रात्तै छन् त्यही ट्वाइलेट गनाएर बस्न खान छैन....... आफु बस्ने ठाउँ त सफसुग्घर राख्न सकिन्छनी हैनर ?

No comments:

Post a Comment