Sunday, March 25, 2012

आफ्नै देशमा पसिना बगाऔँ, मुरी फलाऔँ

         मिठो खाउँला राम्रो लाउँला परिवारलाई सुखसयलमा राखौँला भन्ने चाहना कस्को हुँदैन र ? त्यही लोभमा सात समुन्द्र पारी धन कमाउने उदेश्यले प्रतिदिन २ हजारको हाराहारीमा युवाहरु बैदेशिक रोजगारीमा गैरहेका छन् ।
नेपालमा रोजगारी छैन भन्दै युवाहरु यसरी विदेशिए पनि आफ्नै पहलमा नेपालमै बसेर स्वरोजगार मुलक काम गर्ने युवाहरुको पनि कमि छैन । नेपालगञ्जका धनवहादुर वि.क. भन्छन् “विदेश जाँदैमा सबैले धन कमाउनछन् नै भन्ने छैन, परिवारवाट टाढा जानु पर्ने सुरक्षा ग्यारेन्टि पनि छैन । र सवैले पैसा नै कमाउँछन् भन्ने पनि त छैन नी । कत्तिले दुःख पाएर फर्किएको पनि त हामीले देखेका छौँ । त्यसैले मैले यहीँ साइकल मर्मत पसल खोल्ने निधो गरेँ ।" ५ वर्ष अघि ४ सय रुपैँयाको लगानीमा साइकल मर्मत पसल खोलेका धनबहादुर अहिले सोही पसलवाट घरघडेरी समेत जोडिसेका छन् । र भविष्यमा पनि यसलाई निरन्तरता दिने सोचमा छन् ।  

त्यस्तै काठमाण्डौमा डेढ वर्ष अघि १ हजार रुपैँयावाट पसल सुरु गरेकी रञ्जिता क्षेत्री पनि प्रगतिको बाटो तर्फ लम्किदैछन् । १ छोरा सहित ३ जनाको परिवार रहेको रन्जिताको जिवनयापन श्रीमानको कमाइबाट हुने गर्थ्यो । तर एकदिन अचानक रन्जिताको श्रीमान् विरामि भएपछी उनलाई निक्कै ठुलो बज्रपात पर्र्यो । र उनले साथीसंगवाट १ हजार रुपैया सापटी ल्याएर किराना पसल सुरु गरिन । डेढ वर्ष अघिको कुरा सम्झिदै रन्जिता थप्छिन् "साथीसँग पैसा लिएपछी म सिधै होलसेल पसलमा गएँ र १ हजारको धेरै चल्ने समान दिनु भनेर मागेँ । त्यही समान ल्याएर चोकमा पसल थापेँ ।" पहिलो दिन ४०० जतिको व्यापार भयो । पहिलो दिनको व्यापारले रन्जितालाई निक्कै हौसला मिल्यो । दोस्रो दिनमा पनि उनले ३ सयको व्यापार गरिन् । यसरी सुरु गरेको व्यापार डेढ वर्षको अन्तरालमा अहिले दिनको ३ हजार सम्मको व्यापार हुने वताउँछिन् । परिवारले खानेलाउने खर्च बाहेक छोराको पढाइ, श्रीमानको औषधी खर्च समेत त्यही पसलबाट पुग्ने बताउँछिन् रन्जिता ।        
   त्यस्तै ललितपुरको कुपण्डोलमा ४ वर्ष अघि देखी बसोवास गर्दे आएका लवकुश जैसवाल बाटोमा पानीपुरी र चनाचटपटे बेच्छन् । २२ वर्षे लवकुस निक्कै मेहनती छन्  विहान ४ वजे उठेर कामको तयारीमा जुट्छन् उनी ।  साँझपख युवाहरुको ठुलै जमात भेटिन्छ उनकोमा । तर कहिले काहीँ भने युवाहरु थर्काउँदै सित्तैमा चटपटे खाइदिन्छन् भन्ने गुनासो छ लवकुसको । उनि थप्छन् "जे जस्तो भए पनि सहेर बस्यो भने एक दिन अवश्य सफल भइन्छ" घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले आफ्नो पढाइ पुरागर्न पाएनन् तर आफ्नो भाइलाई भने चाहे जति पढाउने लवकुशको धोको छ । चटपट बेचेर कति आम्दानि गर्नुहुन्छ भन्ने प्रश्नमा उनि भन्छन् "दिनको ४, ५ हजार, यता उता घर खर्च टार्दा महिनाको १५ हजार जति वचत हुन्छ । "   साँच्चैनै नेपालमा पनि लगन र मेहनतका साथ कामगर्न सकियो भने नहुने केहि छैन । त्यसैले आउँ जुँटौँ आफ्नै देशमा परिश्रम गरौँ पसिना बगाऔँ र मुरी फलाऔँ ।

No comments:

Post a Comment