Sunday, April 8, 2012

न म निदउन सकेको छु नत उहाँ नै ।


         आज यतिखेर १ बजेको छ रातीको, घरको माथिल्लो तल्लावाट एकदमै अप्ठेरो किसीमको आवाज बेला बेला आएर मेनो कानमा ठोक्कि राखेको छ । यस्तो आवाज आएको आज २ दिन भैसक्यो । आवाज कहिले मान्छेको जस्तो पनि लाग्छ कहिले कुनै घरपालुवा जनावर, गएको राती पनि यहीआवाजले दिनु दुख्द दिएको थियो । विहान उठेर सवै यहि कम्पेलन गर्दे थिए । रात नै खराव भयो कस्तो सुत्नै पाको छैन घरवेटी बुढो कराएर । म त दंग परे, त्यो राती वज्ने आवाज त लगभग ८० वर्ष पुग्नलागेका घरवेटी वाकोपो रहेछ । साँसै फेर्न गाह्रो भएको अवस्थामा त्यस्तो आवाज निस्किँदो रहेछ । सवैले कराउँदै थिए । विहान हल्लाखल्ला भो, ए के भा रैछ ? के भा रैछ ? अँह कसैलाई थाहा छैन । घरमा ३ / ४ जना फुक्ने मान्छे ल्याएर झारफुक गरिरहेका थिए । म भने यता उता घरवेटीवाको आवाज सुनेर मलाइनै घाँटीमा केही अड्कीरहेको जस्तो भान भैरहेको थियो । सवैले के के भन्दै थिए ।

विहान म यस्सो morning walk  वाट फर्किदै थिएँ । झ्यालमा हेरेको विचरा घरवेटीवा तिनतला माथीको झ्यालवाट तल हेर्दे खोक्दै थिए फेरी त्यस्तै आवाज निकाल्दै । अनुहार सवै रातो भै सकेका थिए । आँखाभरी आँसु थियो । म दगुरेर भित्र पसेँ साथीहरुसंग त्यही विषयमा छलफल गर्दे थिएँ बाहीर वाट घुररररर गर्दै मोटर साइकल आयो । यस्सो हेरेको घरवेटीवाका छोरा रहेछन् । मैले भने दाइ के भाको बालाई साह्रै गाह्रो भए जस्तो छ । हस्पिटल लानुभएन ? दाइले भन्नु भयो ३, ४ वटा डाक्टर यही ल्याएको खै के भएको के ? अरुवेल हामी जस्तै छन् कतिखेर कतिखेर ढाड दुख्छ रे ?
 यति भनेर उनि भर्र्याङ्ग उक्लिए तर म त सोच मग्न भएँ । विहान ल्याएको त्यो झारफुग गर्ने मान्छेत घरवेटीकोमा डाक्टर रहेछन् ।
शनिवारको दिन थियो । साथीहरुसंग एकछिन बाहीर घुम्न गएँ । फर्किदा साँझ परिसकेको थियो । तर पनि घरआउना साथ उहि आवाज कानमा आइराको छ । उतापट्टी कोठामा वस्ने बहिनीसंग सोधे अझै हस्पिटल लानुभाको छैन ?  उनको घरवेटीबाको बुहारीसंग कुरा भए अनुसार भन्दै गइन सबै छिमेकीले हस्पिटल लैजा भन्दैछ तरपनि छोराले मानीराको छैन के  गर्नु ? अव त लएन भने लाजहुन्छ भोलीत जसरी नि लाने । विचरा ससुराले आत्तेर आफ्नो वितेको आमालाई सम्झिदै मलाई लिनआउ आमा भनेको छ ।
ओ हो यो कुराले त मेरोमन भतभत पोल्यो विरामी भएको पिडा सहन नसकेर ८० वर्षको मान्छेले मरेको आमालाई लिन आइज सम्म भन्छ भने त्यो छोराको कर्तव्य होइनर बुवालाई उपचार गराउनु ? कि अझैपनि झारफुक गरेर सन्चो हुने आसमा छन् छोरा ? के भोली उ बुढो हुँदैन ? उसको छोराले पनि उसलाई यस्तै व्यवहार गर्देन भन्ने के ग्यारेन्टि छ  ? रातको १.४५ बजि सकेछ यहि यस्तै कुरा मनमा खेलाउँदै निदाउने प्रयास गरे । कुरा खेल्दै थियो अझै, साँच्चैनै रातभरी नसुतेका घरवेटी वालाई भोलि अस्पताल लैजालान् त ? लएनन् भने ? विचरा घरवेटीवालाई कस्तो गाह्रो भा होला...............?



No comments:

Post a Comment