Thursday, May 10, 2012

My own question for me


यो लेख लेखेको पनि १ वर्ष वितेछ । आज दमौलीमा मेरा परिवारले वरखी फुकाउँदैछन् । 

हिजो विहानै देखि सन्चो महसुस भैरहेको थिएन, खासमा भएको के हो भन्ने कुरा पनि थाहा थिएन । यहाँ म मेरो छ्यामा ( सानिआमा) संग वसेको छु । उहाँसंग मलाइ एकदमै डर लाग्छ, उहाँ सहि कुरा गर्नुहुन्छ सधैँ, उहाँलाइ लाग्छ त्यो । तर मैले पत्ता लगाउन सक्छु कति ठाउँमा उहाँ पनि गल्ति हुनुहुन्छ भन्ने कुरा तर म उहाँ सामु तपाइ गल्ति हुनुहुन्छ भनेर भन्दिन किनकी म मा त्यो संयम छैन २ घण्टाको भाषण चुप लाएर सुन्ने । उहाँ ठान्नुहुन्छ म अचेल सुध्रेरे, पहिला केहि भन्दा गुनगुन.... गर्थे रे अचेल खुरुक्क मान्छुरे मैले, तर म त सँधै यस्तै थिएँ । तर अचेल म वुझ्छु यदि उहाँले भनेको मानिन भने टाउको दुख्ने गरि उहि २ घण्टाको भाषण...............
हिजो, सधै विदाको दिन लुखुर लुखुर घरको काम गरेर दिन वित्थ्यो तर म भने दिन भर सिरक ओडेर विस्तारामा पल्टिरहेँ, छ्ेमा,अंकल,मेरो एउटी साथि र एकजना वहिनी गरि घरमा ५ जना थियौँ । सवै लाखार लुखुर काम गरिरहेका थिए तर म......................? वेला वेला उहाँ आउनु हुन्थ्यो , गाली गर्नुहुन्थ्यो तर मलाइ कुनै वास्ता थिएन, म मस्तीले सिकर ओढेर सुतिराको थिएँ, वेला वेला जाँगर चलेको वेला यस्सो किताव हेरे जस्तो पनि गर्थे, फिल्म हेरे जस्तो पनि तर सिरक र विस्तरा भने छोडिन । साचै अरुदिनको भन्दा कम आवाज थोरै शव्द निक्लिरहेको थियो म वाट...... साँझ भयो छेमाले सोध्नुभयो नम्र आवाजमा नानी तलाइ के भयो आज..............? म चुपचाप.........................
राति भयो गए फेरी विस्तरामा अनि उहि सिरक म अनि कम्प्युटर..............
आज, विहान भयो, आजत अफिस जानुपर्छ ओ हो सात वजेर तिस मिनेट पनि गइसकेछ , अंकल उठेर चिया वनाउनु भएछ , धन्यवाद भन्न नपाउँदै मेरो फोन वज्यो, यस्सो हेरेको त घरवाट.............. मनमा कता कता डर लाग्यो, कतै आमालाई............... मेरो आमालाई व्लडप्रेसर छ, सुगर पनि, त्यतिमात्र कहाँ हो र ? टोलैभरिको ठेक्का पनि लिनुभाछ कसैले दःख पाको छ कि ? कसैलाइ चोटपटक लागेको छ की ? अनि पुग्नुहुन्छ डक्टर वनेर मलम लगाउन............. । उफ............ दोधार भै भै फोन उठाएँ तर फोनमा भाउजु वोल्नु भयो...“ नानी ठुलोआमाको वुहारी त वित्नु भयो नि” ओ हो मन नै झसंङ्ग पार्ने समाचार म चुपलाएँ एकछिन सोचे त्यो सानो वावु, भर्खर एस.एल.सी. दिएर वसेकी त्यो छोरी अनि ७ कक्षा पड्दै गरेकी अर्की छोरी अनि ती वच्चावच्चीलाइ पढाउन अनि खानको अभाव हुन नदिन विदेशिएको दाइलाइ सम्झिएँ , अनि फेरी चुपचाप म................. अनि मेरो भाउजुले नानी नानी भन्नु भयो म झसंग भएँ अनि सोधे भाउजु के भएर वित्नुभएछ त कुमारी भाउजु.................? फेरि मेरो भाउजुले भन्नुभयो “ अँ किचनमा नाइनलको सलको पासोलाएर ” त्यसपछि मैले फोन राखेँ वितिसकेको भएपनि सारै रिस उठ्यो मलाइ उहाँ प्रति तर पिर भने लागेन मलाई किनकी मलाइ आत्महत्या गर्ने मान्छेहरु प्रति सख्त नफ्रत छ, ................ मलाइ त्यो कुराले कुनै असर परेन अफिस गएँ काम गरेँ, तर दिउँसो घरवाट फोन आयो जताततै आफन्तले फोन गर्नुभयो तैले पिर नगर............................... उफ......... मैले किन पिर गर्ने ? जो आफ्नो समस्याको हल गर्न सक्दैनन्, आफ्नो परिस्थितीलाइ अंगाल्न नसकेर मर्छन उसको लागि म पिर किन गर्ने................ ?
घर आएँ साथिहरु संग रमाइलो गर्दे भोली वन्दरे हिडेर कसरि आउने कहाँ भेट्ने यस्तै यस्तै कुरा हुँदै, आज त घर पनि छिट्टै आएँ घरमा छेमा र अर्को उहाँको साथि हुनुहुन्थो, मलाइ भित्र वोलाउनुभयो अनि काखमा सुताएर कपाल चलाउँदै भन्नुभयो “ मेरो छोरीले कहिल्यै त्यसो गर्थिन तर हिजो अचम्म गरि, हामि सवै काममा व्यस्त थियौँ , छोरीले खाना पकाइहोला भनेर खान आएको त , विस्तरामा सुतीराखेकी.......... किन यस्तो गरि भनेको त आज विहानै दुःखको समाचार सुन्नु प¥यो”
उहाँले घुमाएर भन्नुभए पनि मैले वुझेँ , मैले हिजो अलक्षिना पारा देखाएँरे जसले गर्दा यो नराम्रो समाचार आज विहान सुन्नुप¥यो रे...............,
साँच्चै त्यसकारणले गर्दा होत मलाइ हिजो त्यस्तो भएको प्रश्न मनले सोधिरह्यो ......................?  




 ·  ·  · Share · Delete

No comments:

Post a Comment